काठमाडौँ । पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भएको छ ।

पशुपति आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरतीको भिडिओ कपिराइट बुढासुब्बा डिजिटलले मासिक एक लाख ६० हजार रुपैयाँमा खरिद गरेको पाइएको छ । केही महिनाअघि पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौतामा बुढासुब्बाले यो रकममा कपिराइट लिएको पाइएको हो ।

कोषका सूचना अधिकारी रेवतीरमण अधिकारीले पशुपति क्षेत्रमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओको प्रतिलिपि अधिकार बुढासुब्बालाई बिक्री गरिएको बताए ।

बुढासुब्बा डिजिटलले एक सूचना जारी गर्दै  गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नदिने जानकारी गराएको हो ।

यस्तै सो क्षेत्रमा खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रायोजनका लागि राखिएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कारबाही हुने जानकारी दिएको छ ।

प्रकाशित मिति: २० पुस २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com