भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी  बुद्ध जयन्तीको अवसरमा नेपाल भ्रमणमा आउने भएका छन् ।  १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर मोदी नेपाल आउँदै गरेका हुन् ।

भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरे अनुसार भ्रमण केही घण्टाको मात्रै हुने छ ।मोदी र देउवा मायादेवी मन्दिर परिसरमा हुने दीप प्रज्ज्वलनमा सहभागी हुने छन् । उनी दिल्लीबाट कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट लुम्बिनी आइपुग्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी माेदीबीच लुम्बिनीमा भेट हुने बताईएको छ।

यसबारे नेपालकाे परराष्ट्र मन्त्रालयले भने कुनै ‍औपचारिक टिप्पणी गरेकाे छैन ।
प्रधानमन्त्री देउवाले एक महिनाअघि मात्र भारतकाे भ्रमण गरेका थिए । सन् २०१९ मा प्रधानमन्त्रीमा पुनर्निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।

यो भ्रमणबाट बुद्धको जन्मस्थललाई लिएर उत्पन्न विवादलाई पनि केही हद मा कम गर्ने अपेक्षा गरिएको द हिन्दुले लेखेको छ । मोदी अहिले तीन दिने भ्रमणका क्रममा युरोपमा छन् ।

प्रकाशित मिति: २० बैशाख २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com