काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको बुधबार खेलिएको खेलमा नेपालले बंगलादेशलाई जितका लागि एक सय ७० रनको लक्ष्य दिएको छ ।

टस जिती पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा अलआउट हुनुअघि एक सय ६९ रन बनाएको हो । नेपालका लागि विशालबिक्रम केसीले सर्वाधिक ४८ रनको योगदान गरे । उनले एक सय बलको सामना गरी ६ चौका पनि हिर्काए ।

कप्तान देब खनालले पनि टोलीको खातामा ३५ रन थपे । उनले ६० बलको सामना गरी तीन चौका हिर्काएका थिए । सुवाष भण्डारी १८ रनमा अविजित रहे । ओपनर ब्याट्सम्यान अर्जुन कुमालले १४ रन बनाएका थिए । नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com