काठमाडौं । भारतको पटनामा पिकलबल एशोसियसन बिहारले आयोजना गरेको दोस्रो पूर्वी क्षेत्रीय पिकलबल प्रतियोगितामा नेपालले ३ स्वर्ण सहित १० पदक हांसिल गरेको छ।
उक्त प्रतियोगितामा पिकलबल एशोसियसन नेपालका ७ खेलाडी सहभागी थिए। महिला एकल (१९+)मा स्वस्तिका महर्जन, महिला एकल (३५+)मा चन्द्रमाया राई र त्यसैगरी पुरुष डबल्स(५०+)मा अ.प्रा कर्णेल फत्ते बहादुर खड्का र जोन कुमार माकजुले स्वर्ण पदक जितेका छन् ।
पुरुष डबल (३५+)मा जोन कुमार माकजु र मनोज कुमारले रजत पदक हांसिल गरे भने मनोज कुमार र चन्द्रमाया राईले मिक्स डबल्स (३५+)मा रजत पदक हांसिल गरे।
त्यसैगरी फत्तेबहादुर खड्काले एकल (५०+) मा कांस्य पदक, महिला डबल्स (१९+)मा स्वस्तिका महर्जन र चन्द्रमाया राईले कांस्य पदक, पुरुष डबल्स (३५+)मा जोन कुमार माकजु र मनोज कुमारले कांस्य पदक हांसिल गरेका छन्।
नेपाली टोलि पिकलबल एशोसियसन बिहारको निमन्त्रणामा पहुना टोलिको रुपमा सहभागी भएको थियो। उक्त प्रतियोगितामा भारतका पुर्वी क्षेत्रीय ७ राज्यका खेलाडीहरु सहभागी थिए।
उक्त च्याम्पियनसिपमा रोमाञ्चक प्रदर्शन गरेका नेपाली टोलिका खेलाडीहरुलाई पिकलबल एशोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारीले बधाई दिए।
पिकलबल एशोसियसन नेपालले ८ मार्च देखि ९ मार्चसम्म नेपालमा अन्तर्राष्ट्रिय खुल्ला पिकलबल प्रतियोगिता २०२४ आयोजना गरेको छ।
प्रकाशित मिति: १७ माघ २०८०, बुधबार
प्रतिक्रिया