काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी एक दिवसिय यू–१९ विश्वकप अन्तर्गत सुपर–६ को खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ।

टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको १७० रनको लक्ष्य बंगलादेशले पाँच विकेटको क्षतिमा २५ दशमलव २ ओभरमा पूरा गर्‍यो।

बंगलादेशको जितमा जिसान आलमले ५५ रनको योगदान दिए। यस्तै आरिफूल स्लामले नटआउट ५९ रन बनाए। आशिक्यूर रहमान शिबलीले १६ बनाउँदा चोवाधुर महम्मद रिजवान १५ र अहरर अमिमले १२ रन जोडे।

नेपालका लागि बंगलादेशको पाँच विकेट सुवास भण्डारी एक्लैले लिए। ८ ओभर बलिङ गरेका भण्डारीले ४४ रन खर्चिँदै ५ विकेट लिएका हुन्।

प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com