काठमाडौं । नेपाल आईसीसी यू–१९ विश्वकप सुपर सिक्स खेलमा भारतविरुद्ध खराब ब्याटिङ गरेको छ ।

एक समय २३ ओभरमा ७१-२ को अवस्थामा रहेको नेपाल २८ ओभरमा ७७-७ को लज्जास्पद अवस्थामा पुगेको छ । नेपालका देव खनाल ८ र सुभाष भण्डारी क्रिजमा छन् ।

नेपालको सिनियर टोलीबाट खेलेका गुलशन झा मध्य गतिका बलर आर्शिन कुलकर्णीको २७ औं ओभरको दोस्रो बलमा १ रनमा बोल्ड आउट भए ।

अर्को ओभरमा दीपेश कँडेल शून्यमा बोल्ड आउट भए । आर्शिन कुलकर्णीको २५ औं ओभरको अन्तिम बलमा दीपक डुम्रे सेकेन्ड स्लिपमा शून्यमा क्याच आउट हुन पुगे ।

२४ औं ओभरमा नेपालले अर्जुन कुमाल र विशाल विक्रम केसीलाई गुमाएको थियो । नेपालका भरपर्दा ब्याटर अर्जुन कुमाल ६४ बलमा ३ चौकासहित २६ रन बनाउँदै आउट भएका थिए ।

 

 

 

प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com