काठमाडौँ । नामिबियाका ब्याट्सम्यान जन निकोल लफ्टी ईटन टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडी बनेका छन् । उनी नेपाली ब्याट्सम्यान कुशल मल्लको कीर्तिमान तोड्दै सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडी बनेका हुन् ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी(२० अन्तर्राष्ट्रिय शृङ्खलाको नेपालविरुद्धको खेलमा उनले यस्तो कीर्तिमान बनाएका हुन् । ईटनले केवल ३३ बलमा शतक पुरा गरेका हुन् । कुशल मल्लले भने सन् २०२३ को सेप्टेम्बर २७ तारिखमा एसियाली खेलकुदअन्तर्गत खेलिएको मंगोलियाविरुद्धको खेलमा ३४ बलमा शतक बनाएका थिए ।

प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com