काठमाडौँ । काठमाडौँको टोखामा एक युवाले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीका अनुसार नुवाकोटका २० वर्षीय एक युवाले टोखाको जंगलमा आफ्नै शरीमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
उनी हाल काठमाडौंस्थित तारकेश्वर नगरपालिकामा बस्दै आएका थिए । शरीरको ७० प्रतिशत भाग जलेको अवस्थामा प्रहरीले उनलाई उद्धार गरेको थियो ।
महाराजगञ्जस्थित टिचिङ अपस्तालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि बर्न सेन्टर कीर्तिपुर पठाइएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार
प्रतिक्रिया