• यस वर्षको एसईई यानि कक्षा दशको परीक्षा यसरी सुरु हुँदै
    (मत-अभिमत सतप्रतिशत)

परीक्षालाई विद्यालय धेरैले शुल्कबक्यौता उठाउने अस्त्र बनाउनु निन्दनीय !

मुख्य परीक्षाअगावै छायाँपरीक्षा जथाभावी चलाइएकाले विद्यार्थीमा ज्ञान र सिपभन्दा थकान महसुस गरेका !

कोचिङ र होस्टल राखी जबर्जस्ती पठनपाठनको शुल्क उठाएर ‘बच्चा कमजोर छ घरमा हेर्नुहोला’ भन्ने भाष्य लज्जास्पद !

परीक्षा नजिकिएको बेला कथित मोटीभेटर र कलेजका प्रतिनिधिले नियमित रूपमा पठनपाठनमा बाधा पुर्याएको !

द्वारमा सेना र प्रहरी राखेर कक्षभित्र परीक्षामा चोरी फस्टाउँदो !

आफूखुशी केन्द्र मिलाएर विद्यार्थी सफलताको प्रतिशत बढाउने होड !

परीक्षामा गैह्र-जिम्मेवार भएका कारण एक दर्जन जति केन्द्राध्यक्ष निलम्बित !

चिट चोर्न नपाएको निउँमा परिक्षार्थीले जुलुस निकाले !

वर्षैभरि दोहोरो शुल्क उठाएर परीक्षामा लेख्नसक्ने नभै सार्नसक्ने पनि नबनाएको केही अभिभावकको गुनासो !

आफ्नो लेख्दैगरेको उत्तरपुस्तिका अर्कोलाई दिन वाध्यपारिएकाले आधा घण्टा पुर्पोरामा हातलाएर बस्नुपरेको केहीको गुनासो !

दिइत्यादि पङ्क्तिले परीक्षामा हुनेगरेका तर धेरैले अन्सुनी अन्देखी गरेको सन्दर्भ सङ्केत गर्छन् । यिनै विडम्बनाका विच यसपालीको एसईई यानि कक्षा दशको अन्तिमपरीक्षा यही चैत्र १५ गतेबाट सुरु हुने र २७ गते टुङ्गिने परीक्षातालिका छ । आन्तरिक तथा बाह्य वा प्राविधिक रूपले योजना बढाइएको परीक्षा अनिवार्य अनि ऐच्छिक खेमाका हुने र पूर्वउपलब्ध ढाँचामै गरिने बुझिएको छ ।

बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्नेछ । यस परीक्षा उत्तीर्ण गर्नका लागि सम्बन्धित विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने र एक सय पूर्णाङ्कको विषयमा ३५ अङ्क र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनुपर्ने श्रोतले जनाएको छ । कम स्तरको नतिजाका हकमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेले मौका परीक्षा दिनसक्ने तर पहिलो वर्ष दुई विषयको मौका परीक्षा मात्रको व्यवस्था बताइएको छ । यसरी नतिजा ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार प्रकाशित गरिने र विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड बढोत्तरी वा स्तरोन्नतिको पुनर्परीक्षामा सहभागी हुनपाउने छन् ।

शिक्षा, शिक्षण र शिक्षालयबारे चारथरी हौवा चलाउने अनि सोहीअनुसार शैक्षिक व्यापारीलाई कमाइका छिद्र छोडिने हाम्रोजस्तो समाजको आधारभूत आवश्यकताको पर्याय रहेको शिक्षाजस्तो क्षेत्र राजनीति तथा प्रशासनको चलखेलको विषय बनाइनु हुन्न र खुलेआम सर्वसाधारण लुटिने वातावरणको अन्त्य हुनुपर्छ भन्ने कतिपयको भनाइ यहाँ सान्दर्भिक प्रतीत रहन्छ । कक्षा दशलाई फलामे ढोका बनाम स्वभाविक परीक्षा भनीभनाइ केही मुट्ठीभरको खेलोफाँडोको औजार हुनेथिएन । जनचेतना र न्यायिक प्रखरताले यस्ता बिषय अचेट्दै जाने विश्वास गरिएको छ । जे होस्, माध्यमिक शिक्षाको एक महत्त्वपूर्ण कडी मानिने यस परीक्षामा सामेल हुने ४ लाख ८९ हजार विद्यार्थीका लागि दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको अनि परीक्षा समय तथा अवस्थाअनुसार ग्राह्य अनि थप मर्यादित हुने बताइएको छ ।

पुनश्च: शिक्षार्थीको योग्यता निश्चित तीनघण्टे लिखित परीक्षाले मात्र निर्धारण गर्नेकुराको प्रश्न तथा बहस एकातिर चल्दैगर्दा लिखित परीक्षा नै शैक्षणिक कसीको द्योतक मानिने हाम्रो ज्ञान र सिप मापनको प्रणालीको प्रभावकारीता बढाउँदै लैजाने कुरामा सम्बन्धित सबै लागिपर्नुको विकल्प छैन । झाराटारा शिक्षाले एक त थप शिक्षाका लागि विदेसिने प्रवृत्ति पोसिआएको छ भने गुणस्तरीय शिक्षाको मृगतृष्णा देशको जनसम्पदा र श्रोतले सीमा नाघ्नुपर्ने बाध्यता सिर्जना गरिनु समग्रमा सबैका लागि घातक हुने यथार्थ निवेदित छ । सरोकारवाला सबै यथोचित गुणस्तरीय ज्ञान र सिप विकासमा थप सामर्थ्य र कौशलले कदम चाल्दैरहने कुराको अपेक्षासहित सम्बन्धित परीक्षार्थीमा सत्मनले शुभकामना !

  • अध्यापक, नारायण नेपाल,

 

  • लेखक अध्यापन पेशामा छन् र साहित्यिक एवम् समसामयिक विषयमा कलम चलाउँछन् ।)

प्रकाशित मिति: १४ चैत्र २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com