काठमाडौं । नेपालमा सरकार परिवर्तन भई गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पाउनासाथ ठूला माछा पक्राउ गर्ने हल्ला चल्यो।

उक्त हल्लाबीच नेपाली कांग्रेसकी नेत्री तथा सभापति शेरबहादुर देउवापत्नी आरजु राणा भारततिर भागेको भनेर अफवाह चलाइयो।
भुटानी शरणार्थी प्रकरणमा उनलाई पक्राउ गरिने भएपछि भागेको भन्ने अफवाह फैलाइएको थियो।

जोडतोडले सामाजिक सञ्जालमा यो विषयलाई अझ भ्रामक बनाएर प्रचार गरिएपछि आरजु भारत जानुको तथ्य सार्वजनिक भएको छ।

आरजु स्वयमले सामाजिक सञ्जाल फेसबुकमा सचिवालयको विज्ञप्ति र तस्बिरसहित उपचारका लागि पुगेको विहीबार सार्वजनिक गरिन्।

हेर्नुहोस् विज्ञप्ति

 

प्रकाशित मिति: १५ चैत्र २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com