काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका इलाम-२ का उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचार संहिता उल्लंघन गर्दै मतदान गरेका छन्।

नेपाल राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहितामा ‘मतदान केन्द्रमा राजनैतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत संकेत भएको ब्याज लगाउन नहुने’ भनिएको छ। तर उनले पार्टीको चुनाव चिन्ह अंकित ब्याज लगाएर मतदान केन्द्रमा आफ्नो चुनाव चिन्ह प्रचार गर्दै मतदान गरे। यतिबेला सामाजिक संजालमा उनको यो हर्कतको चौतर्फी आलोचना भईरहेको छ।

निर्वाचन आचारसंहिताको सामान्य ज्ञान समेत नभएका जान्नेलाई छान्ने भन्ने पार्टीका उम्मेदवारले निर्वाचित भएर देशको कानुन बनाउने ठाउँमा पुग्ने योग्यता नरहेको सामाजिक संजालहरुमा टिप्पणी हुन थालेको छ।

प्रकाशित मिति: १५ बैशाख २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com