काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका इलाम-२ का उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचार संहिता उल्लंघन गर्दै मतदान गरेका छन्।
नेपाल राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहितामा ‘मतदान केन्द्रमा राजनैतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत संकेत भएको ब्याज लगाउन नहुने’ भनिएको छ।
यतिबेला सामाजिक संजालमा उनको चौतर्फी आलोचना भईरहेको छ। निर्वाचन आचारसंहिताको सामान्य ज्ञान समेत नभएका जान्नेलाई छान्ने भन्ने पार्टीका उम्मेदवारले निर्वाचित भएर देशको कानुन बनाउने ठाउँमा पुग्ने योग्यता नरहेको सामाजिक संजालहरुमा टिप्पणी हुन थालेको छ।
प्रकाशित मिति: १५ बैशाख २०८१, शनिबार
प्रतिक्रिया