काठमाडौँ । सिराहामा माध्यामिक शिक्षा (एसइई) परीक्षाको दोस्रो दिन नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । चैत १६ गते (शुक्रबार) परीक्षा सुरु भएको १० मिनेटमै प्रश्न पत्र बाहिरिएको हो ।

स्रोतका अनुसार उक्त प्रश्नपत्र केन्द्राध्यक्ष र गार्डकै सहयोगमा बाहिर निकालिएको थियो । हाल सोही प्रश्न पत्रको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यता जिल्ला प्रशासन कार्यालय सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले प्रश्न पत्र बाहिरिएको विषय जानकारीमा आएको तर कहाँबाट ? र कसरी बाहिरियो ? भन्ने विषयमा थप जानकारी नआएको बताएका छन् । उनले प्रश्नपत्र बाहिरिएको जानकारी पाएलगत्तै थप छानबिन सुरु गरिएको पनि बताएका छन् ।

 

प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com