दैलेख । पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ मेसिनको सामाग्री बोकेको गाडी दुर्घटनामा परेको छ।

कर्णाली राजमार्ग अन्तर्गत दुल्लु नगरपालिकाको पाली भन्ने स्थानमा ट्रक दुर्घटना भएको दैलेख प्रहरीले जानकारी दिएको हो।

प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन। चीनबाट आएका पेट्रोलियम अन्वेषणका लामा र ठूला ट्रकका लागि सडक सहज नभएकोले दुर्घटना भएको जनाइएको छ।

सुर्खेत हुँदै कर्णाली राजमार्गबाट दैलेखको भैरवी गाउँपालिकाको जलजलेसम्म अन्वेषणको लागि मेसिन लैजान लागिएको थियो।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com