नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) ले पराजित हुने देखेपछि हिन्दु-मुस्लिमको कुरा उठाउन सुरु गरेको बताए ।आज जनकपुर उपमहानगरपालिका-१३ को चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।                                 माओवादी केन्द्रका उम्मेदवार ले जित्ने निश्चित भएपछि हिन्दु मुस्लिम को विषय सुरु भएको भन्दै उनले भने ‘एकथरि मानिसहरू हिन्दू र मुस्लिमको विवाद जन्माउने दुस्साहस  मूर्खता गर्दैछन्,खबरदार । तपाईंहरूले तिनीहरूलाई खबरदारी गर्नुपर्छ। सामाजिक सद्भाव, जातीय सद्भाव र एकता खल्बलाउन खोज्ने ती सबै साम्प्रादायिक तत्वहरू हुन्।’                                            नागरिक हरु लाई संकेत गर्दै उनले भने ‘अहिले तपाईंहरुको जीत सुनिश्चित हुन थालेपछि निर्वाचनमा पराजित हुने डरले एमाले गुटसँग सम्बन्धित मानिसहरूले त्यो कुरा उठाउने षड्यन्त्र गरिरहेका छन् । निर्वाचनमा आफू पराजित हुने भएपछि हिन्दू मुस्लिमका कुरा उठाउने षड्यन्त्र गर्दैछन्। सावधान रहन म तपाईंहरूलाई विशेष अपिल गर्न चाहन्छु ।’                सबैको अधिकार विकसित हुन अझै बाँकी नै रहेको भन्दै ‘अहिलेको संविधानले मधेसी, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिमको पहिचान र अधिकारको लागि केही हदसम्म सम्बोधन गरेको छ तर त्यसलाई अझै विकसित गर्नुपर्ने आवस्यकता छ।त्यसको सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने छ। ‘उनले भने ।                                                                 साथ साथै आफुले गर्न चाहेका हरेक कुरा मा एमाले बाधा बन्दै आएको भन्दै उनले भने -‘ म प्रधानमन्त्री हुँदा दुई पटक संसदमा संशोधनको प्रस्ताव दर्ता गराएँ तर एमालेले त्यसलाई पास गर्न दिएन ।’
आफूले माओवादी केन्द्र अध्यक्षको हैसियतले दोस्रो पटक प्रधानमन्त्री हुँदा समेत संविधान संशोधनको प्रस्ताव  संसदमा दुई पटक दर्ता गराएको तर एमाले गुटको कारण त्यसलाई पास गर्न नपाएको भन्ने  आरोप लगाउँदै उनले भने ‘त्यसैले पनि एमाले गुट मधेसी, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम यी सबैको हक अधिकारको विरोधी पार्टीको रूपमा स्थापित भईसकेको छ । र त्यही पार्टीले फेरि पनि जनतालाई भ्रम छर्ने षड्यन्त्र गरिरहेको छ ।’

प्रकाशित मिति: २४ बैशाख २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com