काठमाडौं । इलाम – २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० मतले पछि पार्दै सुहाङले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका हुन्।

सुहाङले २७ हजार ७७२ भोट प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्का २१ हजार ९४२ भोटमा रोकिए।
जित्ने दाबी गरिएका उम्मेदवार रास्वपाका मिलन लिम्बूले भने जमानत जोगाउन सकेनन् । उनले ५ हजार ५० भोटमात्र ल्याए ।

प्रतिनिधि सभा सदस्य ऐनअनुसार जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ ।

कूल ६९ हजार ३७४ भोट गणना हुँदा यस क्षेत्रमा ६८ हजार ४७२ भोट सदर भएको छ । जसको १० प्रतिशत सरदर ६ हजार हुन आउँछ ।

आज बिहान ११ बजे मतगणस्थलमा सुहाङलाई निर्वाचित भएको प्रमाणपत्र वितरणको कार्यक्रम राखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com