अर्घाखाँचीमा पैसा बाँड्दै मतदातालाई प्रभावित पार्न खोजेको अबस्थामा एक उम्मेदवार फेला परेका छन् । अर्घाखाँचीको मालारानी वडा नम्बर ३ का वडा अध्यक्षका उम्मेदवार दुर्गाप्रसाद खनालले निर्वाचनमा पैसा बाँड्न लगाएर मतदाता लाई प्रभावित पार्न खोजेका हुन् ।                            उम्मेदवार खनालले आफ्नी श्रीमती शान्ता खनालमार्फत स्थानीय विष्णु होटल एण्ड रेष्टुरेन्टका सञ्चालक विष्णु चुँदालीको स्वीकृति मा रेष्टुरेन्टमा खाजा खान आउनेलाई रुख चिन्हमा मतदान गर्न आग्रह गर्दै नमुना मतपत्रमा बेरेर ४ हजार रुपैयाँ बाँडिरहेको अवस्थामा रंगेहात फेला पारिएको थियो । शान्ताले वडा अध्यक्षको उम्मेदवार बनेका आफ्ना पती दुर्गाप्रसादलाई जिताउन पैसा बाँड्दै गरेको अवस्थामा भेटीएको हो ।                          शनिबार खाजा खाने क्रममा विष्णु होटल एण्ड रेष्टुरेन्टका सञ्चालक विष्णु चुँदाली ले वडा अध्यक्ष पदमा रुख चिन्हमा छाप लगाउन आग्रह गर्दै नमुना मतपत्रमा बेरेर ४ हजार रुपैयाँ दिएको भन्दै मालारानी–३ गोयलीका सागर चौहान र सुमन खनालले प्रहरीमा उजुरी दिएका थिए । उजुरी पछि अन्य दलका कार्यकर्ता र निर्वाचन अधिकृत बसेर छलफल गरी आगामी दिनमा यस्तो गल्ती नगर्ने शर्तमा लिखित माफी मगाईएको बताईएको छ ।

 

प्रकाशित मिति: २५ बैशाख २०७९, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com