काठमाडौं– काठमाडौं महानगरपालिकामा नेकपा एमालेका तर्फ बाट मेयर पदमा उम्मेदवारी दिएका केशव स्थापित र मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाह को आज बिहान जम्काभेट भएको छ ।                                                      काठमाडौंको शान्तिनगर क्षेत्रमा चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रमका क्रममा  स्थापित र बालेनको समूह बिच जम्काभेट भएको हो ।

चुनावी प्रचारप्रसारका क्रममा भएका कार्यक्रममा स्थापित ले बालेनलाई आफ्नो परिचय खुलाएर आउने हिम्मत नभएको आरोप लगाएका थिए भने बालेनले भने स्थापित आफ्नो ‘बान्ड एम्वेस्डर’ भएको बताएका थिए ।                                       यसरी चुनावी कार्यक्रम मा बालेन प्रती अनेकौ आरोप प्रत्यारोप लगाउने र आक्रामक रुपमा प्रस्तुत भएका स्थापित पनि बालेन संगको भेटघाट मा भने एकअर्का बिच शुभकामना आदानप्रदान भएको बताईएको छ ।जम्काभेटमा दुबैले अंकमाल गर्दै एक अर्का लाई सुभकामना पनि दिएका थिए ।

प्रकाशित मिति: २५ बैशाख २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com