काठमाडौँ । सार्वजनिक पद धारण गरेका ६ हजार ७ सय पाँच जनाले गत आर्थिक वर्ष २०७९/८० मा आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् । यो राष्ट्रिय सतर्कता केन्द्रले सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको गत आर्थिक वर्षमा सम्पत्ति नबुझाउनेको तथ्याङ्क हो।

सम्पत्ति विवरण नबुझाउनेमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागकै महानिर्देशक पुष्पराज शाहीसमेत रहेका छन् । उनले आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाएका छैनन् । सार्वजनिक पदमा बहाल व्यक्तिले नियुक्तिको ६० दिनभित्र र त्यसपछि वर्षैपिच्छे आफ्नो तथा परिवारका सदस्यका नाममा रहेको सम्पत्ति विवरण तोकिएको कार्यालयमा बुझाउनुपर्ने कानूनी व्यवस्था छ । तर, शाहीले आफू अध्ययनका लागि चीनमा रहेका कारण  सम्पत्ति विवरण बुझाउन नपाएको बताएका छन् ।

प्रकाशित मिति: १ जेष्ठ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com