काठमाडौँ । क्रीकेटर सन्दीप लामिछानेको मुद्दामा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ।
उनको मुद्दाको हिजो (मंगलबार) न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भएको थियो । तर बहस नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा परेको थियो।
आज सोही इजलासमा मुद्दाको सुनुवाई हुनेछ । उक्त मुद्दामा आजै फैसला आउनसक्ने सम्भावना छ ।
प्रकाशित मिति: २ जेष्ठ २०८१, बुधबार
प्रतिक्रिया