काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका अभियन्ता डा. निकोलस भुसालले क्षमा याचना गरेका छन् । उनले आज गृह मन्त्रालयमै पुगेर रविसँग माफी मागेका हुन् ।
सन्दीप लामिछानेको समर्थनमा सडकमा संघर्ष गरिरहेका भुसाललाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो । हिरासतबाट निस्किएर उनले गृहमन्त्री लामिछानेलाई तथानाम गाली गरेका थिए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता च्यात्ने समेत बताएका थिए।
प्रकाशित मिति: २ जेष्ठ २०८१, बुधबार
प्रतिक्रिया