काठमाडौं -अर्थमन्त्री जनार्दन शर्माले स्थानीय निर्वाचन प्रतिगामी र प्रगतिशील शक्तिबीचको लडाइँ भएको बताएका छन् ।               विशेष अपिल जारी गर्दै उनले निर्वाचन सत्य र झुटबीचको संघर्ष भएको पनि बताउँदै उत्साहपूर्वक रुपमा मतदानमा सहभागी हुन पनि मतदाता लाई आग्रह गरेका छन् ।                                          वैशाख ३० गते एउटा विशिष्ट दिन रहेको बताउँदै उनले भने -‘वैशाख ३० गते ७ सय ५३ वटै पालिकामा जनताका असली प्रतिनिधि चयन गर्ने एउटा ऐतिहासिक दिन मात्र नभएर निर्वाचन जनताको सर्वोच्चतालाई स्थापित गर्ने महत्वपूर्ण माध्यम र अवसर हो ।’                            उनले हरेक एक मतले राष्ट्रको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, संविधान र लोकतन्त्रको रक्षा, सामाजिक न्यायसहितको समृद्धिको एजेन्डा संस्थागत गर्न निर्णायक भूमिका खेल्ने पनि बताए ।

प्रकाशित मिति: २६ बैशाख २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com