काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरू भत्काएको छ ।
गौशाला चोकको मुख्य सडक किनारमा अतिक्रमण गरी बनाइएको घर तथा पसलहरूमा महानगरपालिकाले बिहानैबाट डोजर चलाएको हो ।
अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गर्दा सवारी आवागमनमा व्यवधान पुगेको छ ।
प्रकाशित मिति: ६ जेष्ठ २०८१, आइतबार
प्रतिक्रिया