सुर्खेत । सुर्खेतमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दैलेखबाट सुर्खेत आउँदै गरेको ०२ ००१ ख ०८५२ नम्बरको बस वीरेन्द्रनगर नगरपालिका– ७ सुर्खेतको कटकुवानजिक दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी रुपेश खड्काले दुर्घटनामा दुईजनाको मृत्यु भएको बताए।

‘प्रहरीलगायतको उद्धार टोली घटनास्थल पुगिसेको छ,’ उनले भने, ‘दुर्घटनामा घाइतेहरूको उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेत र कर्णालीय कियरमा ल्याइँदै छ। घटनाको विषयमा अन्य विवरण आउन बाँकी छ।’

प्रकाशित मिति: ७ जेष्ठ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com