काठमाडौँ । नागरिकता किर्तेसम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा पठाइएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेका उनलाई आजै थप अनुसन्धानका लागि जाहेरी दर्ता भएको जिल्ला धनुषा पठाइएको हो।
यसअघि वैशाख १६ गते उनीविरुद्ध नागरिकता किर्तेसम्बन्धी कसुरमा जाहेरी परेको थियो। सोही घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।
प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलबार
प्रतिक्रिया