पोखरा। पोखरा महानगरपालिकामा काङ्ग्रेसबाट  मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता विमलबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।                           कार्कीले स्थानीय तह निर्वाचनमा कांग्रेसले लिएको नीतिप्रति असहमति राख्दै आफूले उम्मेदवारी दर्ता गराएका थिए ।तर साथीहरुको सल्लाह र अग्रज नेताहरुको आग्रह अनुसार गठबन्धनका उम्मेदवारलाई सहयोग गरेको उनले बताएका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य उम्मेदवार छन् ।                                                        उम्मेदवारी फिर्ताको समय वैशाख १६ गते नै समाप्त भए पनि कार्कीले सोमबार विज्ञप्ति जारी गरी   मेयर पदमा आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दै आफूले बागी उम्मेदवारी फिर्ता लिई सत्तारुढ गठबन्धनको उम्मेदवारलाई समर्थन गरेको बताएका छन्  ।

प्रकाशित मिति: २६ बैशाख २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com