धनुषा । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज (बुधबार) जिल्ला अदालत धनुषा लगिएको छ।
अनुसन्धानका लागि म्याद थप गर्न धनुषा प्रहरीले केही बेरअघि सिरोहियालाई अदालत पेस गरेको हो।
अहिले अदालत आसपासको सुरक्षा व्यवस्था निकै कडा छ । बाक्लो संख्यामा त्यहाँ प्रहरी परिचालन भएका छन् । अदालत जाने सडकमा प्रहरीले घेरा हालेको छ । अदालतमा प्रवेशमा समेत कडाइ गरिएको छ ।
धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवाले अदालतसँग सुरुमा हामी १० दिनको म्याद माग्ने जानकारी दिए।
प्रकाशित मिति: ९ जेष्ठ २०८१, बुधबार
प्रतिक्रिया