काठमाडौँ । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले कान्तिपुरले सहकारी ठगीको समाचार लेखेकै आधारमा अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको बताएका छन् । बुधबार सेन्ट्रल बिजनेस पार्क परिसरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ऋषि धमलाले सिरोहियालाई हचुवाका आधारमा पक्राउ गरिएको बताएका हुन्।

प्रतिशोध साधेर मिडिया उद्योगमाथि आक्रमण गर्नु आफूहरूलाई सह्य नहुने पनि अध्यक्ष धमलाले बताए। ‘कैलाश सिरोहियाको गिरफ्तारी गलत भएको छ । जुन किसिमको नियत राखेर गिरफ्तार गरिएको छ, त्यसमा समाचार सम्प्रेषण गरेकै कारणले, समाचार लेखेकै कारणले गिरफ्तारी गरियो भन्ने हाम्रो निष्कर्ष र ठम्याइ हो,’ धमलाले भने।

प्रक्रिया पूरा गरेर जोसुकैलाई पनि छानबिनको दायरामा ल्याउन मिल्ने भए पनि कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई बदनियतपूर्वक गिरफ्तार गरिएको धमलाको भनाइ छ ।

 

प्रकाशित मिति: ९ जेष्ठ २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com