काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले सरकारी कर्मचारीको तलब भत्ता नबढ्ने भएको छ ।
आगामी आर्थिक वर्षमा सरकारलाई वित्तीय स्रोतको कमी हुने स्पष्ट रहेकाले कर्मचारीको तलब बढाउन सक्ने अवस्था नरहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ।
सरकारले यसअघि आर्थिक वर्ष ०७९/८० को बजेटमा तलब भत्तामा वृद्धि गरेको थियो ।
प्रकाशित मिति: ९ जेष्ठ २०८१, बुधबार
प्रतिक्रिया