काठमाडौं । अमेरिकाले क्रीकेटर सन्दीप लामिछानेलाई भिसा नदिएपछि यतिबेला नेपाली क्रीकेट फ्यानहरुले नेपालस्थित अमेरिकी दूतावासको चर्को आलोचना गरिरहेका छन्।

अमेरिकाले भिसा नदिएपछी राप्रपा नेता एवम् सांसद ज्ञानेन्द्र शाही सन्दीप लामिछानेको अमेरिकी भिसाको लागी दौडधुप गरिरहेका छन्।

सन्दिप लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुद मन्त्रीसँग पहल गरेको शाहीले बताए। उनले अमेरिकासँग कुटनैतिक पहल गर्न नेपाल सरकारलाई आग्रह समेत गरेका छन्।

सामाजिक संजालमा शाहीले लेखेका छन्, ‘आज एका बिहानै देखि सन्दिप लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि नेपाल सरकारका सबै निकाय प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुद मन्त्री ज्यु सँग पहल गरेका छौ। आशा छ, विश्वकप खेल्ने बाटो खुल्ने छ । नेपाली चन्द्र सुर्य झन्डा फरफराउने छ।’

बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट सङ्घले लामिछानेलाई नेपाली टिममा समावेश गरेको थियो । तर अमेरिकाले भिसा नदिएपछि उनि नेपालमै रोकिएका छन् । क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपले सफाइ दिएको फैसलासहित सबै कागजात पेस गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पनि खेलाडी परिवर्तनका लागि सहमति दिने जानकारी गराएको थियो ।

तर अमेरिकी दूतावासले भिसा दिन नसकिने बताएको छ । अब उनलाई विश्वकपमा पठाउन सरकारले पहल गर्नुपर्ने क्रिकेट सङ्घका अध्यक्ष चन्द बताउँछन् ।

प्रकाशित मिति: १० जेष्ठ २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com