काठमाडौं । युट्यूबमा उछृंखल अन्तरवार्ताहरु दिएर भाइरल हुने प्रयास गरेका रवि चुडाल बलात्कार आरोपमा पक्राउ परेका छन्।

५२ वर्षीया महाराजगञ्ज-४८ (परिवर्तित नाम) ले आफूलाई बलात्कार गरेको भन्दै उनीविरुद्ध जाहेरी दिएपछि चुडाल पक्राउ परेका हुन्।

ती महिलाको महाराजगञ्जमा रहेको घरमा चुडालले सटर भाडामा लिएर फेन्सी पसल चलाउँदै आएका थिए । उक्त घरमा घरबेटीको परिवारबाहेक चुडाल मात्रै बस्ने गरेका थिए। ‘महाराजगञ्ज ४८’ विधवा हुन् । उनका दुई छोराहरु विदेशमा छन् । बलात्कार आरोपित चुडाल पनि पत्नीसँग सम्वन्ध बिग्रेर एक्लै बसिरहेका थिए।

पछिल्लोपटक आफूलाई गत वर्ष जेठ १७ गते चुडालले बलात्कार गरेको दावी महाराजगञ्ज-४८ को छ । बलात्कार मुद्दामा एक वर्ष हदम्याद हुन्छ । ‘महाराजगञ्ज ४८’ ले गत असोजदेखि जाहेरी दिने प्रयास गरेकी थिइन्।

तर, प्रहरीले प्रमाण नपुग्ने भन्दै जाहेरी लिन मानेको थिएन । त्यसपछि उनले उच्च अदालतमा निवेदन दिइन् । उच्चले गत पुस १७ गते जाहेरी दर्ता गरी आवश्यक कारवाही अगाडि बढाउन काठमाडौं परिसर र महाराजगञ्ज प्रहरीलाई परमादेश दिएपछि जाहेरी दर्ता भएको हो।

जाहेरी दर्तापछि पनि लामो समयसम्म चुडाल पक्राउ परेनन्। दुई साताअघि महाराजगञ्ज ४८ ले एक युट्यूव च्यानललाई अन्तरवार्ता दिएकी थिइन् । त्यसमा उनले आफूलाई ब्ल्याकमेलिङ गर्दै बलात्कार गरेको भन्दै चुडाललाई पक्राउ गर्न माग गरेकी थिइन् । चुडाल भने युट्यूवमा जथाभावी बोल्दै अन्तर्वार्ता दिँदै हिँड्ने गर्दथे।

नाताले चुडाल दुर्गा प्रसाईंका भाञ्जा (ठूलीआमाको छोरीको छोरा) पर्छन् । तर, प्रसाईंसँग उनको ठूलो रिसइबी छ । उनी अन्तरवार्ताहरुमा प्रसाईंको खेदो खन्ने गर्छन्। दुई कक्षासम्मको अध्ययन गरेका चुडाल यसअघि ड्रग्स र रक्तचन्दनको केसमा केही समय जेल परेका थिए।

  • समाचारका केहि तथ्य नेपाल प्रेसबाट

प्रकाशित मिति: १० जेष्ठ २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com