काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले प्रचण्ड लाई ज्ञानेन्द्र देखी नडराउन आग्रह गरेका छन् ।

सोमबार कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्रको खतरा नभएको बताए ।                                   बारबार प्रतिगमन को खतरा भएको भनेर प्रचण्ड ले भनिरहनु लाई प्रतिगमन को अर्थ के ज्ञानेन्द्र लाई भन्नू भएको हो ? भनेर प्रश्न समेत गरे।नेपालमा खतरा भनेको केवल एतिबेला  दलाल पुँजीवादको रहेको भन्दै  उनले प्रतिगमनको खतरा छ भनेर बारबार ज्ञानेन्द्र आउँछन् नभन्ठान्न प्रचण्ड लाई आग्रह गरे । उनले भने -‘प्रतिगमन भनेको ज्ञानेन्द्र आउँछ भनेको ? ज्ञानेन्द्र आएर यहाँ प्रतिमगन गर्छन् ? त्यो परिवेश नै छैन ।दलाल पुँजीवादको खतरा हो यो देशमा अहिले,’ विश्वकर्माले भने, ‘अहिले खतरा प्रतिगमनको होइन ।’                                                               प्रचण्डमा एतिबेला राजनीतिक विचलन आएको र संसदीय राजनीतिमा प्रवेश गरेको पनि उनले आरोप लगाए । जनवादी राजनीति छोडेर संसदवादी राजनीतिमा प्रवेश गरेको कारण ले नै एतिबेला माओवादी को हालत खराब भएको भन्दै उनले भने-‘जनवादी राजनीति छोडेर संसदवादी राजनीतिमा प्रवेश गरे पछी अनि हाम्रो हालत खराब नभएर कसको हुन्छ ?त्यो पार्टीको, त्यो नेताको हालत खराब नभएर कसको हुन्छ ?

२०६४ मा माओवादी देशको सबैभन्दा शक्तिशाली पार्टी भएको भन्दै नेता विश्वकर्माले भने -‘त्यतिबेला माओवादीका सामान्य कार्यकर्ताले पनि ठूला नेतालाई कसरी पराजित गरेका थिए स्मरण गर्नुस् ।’ एतिबेला माओवादी को हालत खराब भएको भन्दै उनले भने-‘आफ्नो अस्तित्व रक्षाका लागि माओवादी कहिले एमालेको, कहिले कांग्रेसको टाङमा छिर्नुपरेको छ ?के यो कुरा नेताहरुले समीक्षा गर्नुपर्दैन ?’                                      माओवादीले २०६२/०६३ पछि राजनीतिक र वैचारिक रुपले गल्ती गरेको भन्दै उनले त्यही कारणले  गर्दा नै देशका निम्ति लड्ने जनता हरु अहिले देशमा सबैभन्दा बढी  प्रताडित भएको र सबै भन्दा बढी एतिबेला उनीहरुका विरुद्ध षड्यन्त्र भइरहेको पनि उनले बताए ।

प्रकाशित मिति: २६ बैशाख २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com