काठमाडौँ । काठमाडौँ महानगरपालिका र सडक विभागबिचको विवाद उत्पन्न भएको छ । महानगरपालिकाका मेयर बालेन शाहले शनिबार साँझ ‘एक ट्रक धुलो उपहार’ भन्दै विभागको कार्यालय अघि धुलो खन्याएका थिए ।

विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलङ्कीदेखि महाराजगन्जसम्म रिङ रोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको उनको तर्क थियो । यसले गर्दा काठमाडौँ महानगरले अकारण गाली खानु परेको उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका थिए।

‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईँ काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईँलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नुहोला,’ उनले लेखेका छन् ।

हामी पनि प्रतिकार गर्छौँ : सडक विभाग

महानगरपालिकाले सडक डिभिजनको गेटमा धुलो खन्याएपछी शनिवार साँझ एक विज्ञप्ति जारी गर्दै सडक विभाग अन्तरगत रहेको सडक डिभिजन काठमाडौँले मिनभवन स्थित कार्यालयको गेटमा महानगरपालिकाको मिनी टिप्परबाट कार्यालय परिसर छिर्न समेत अवरोध हुने गरी फोहोर फालिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

डिभिजनको गेटमा देशकै ठुलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने डिभिजनको भनाई छ ।

आफ्नो कार्य क्षेत्र भित्र भएका त्रुटि औँल्याइ आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाएर यस किसिमका अराजक व्यवहार देखाए आगामी दिनमा किमार्थ सह्य नहुने भन्दै सडक डिभिजन काठमाडौँले प्रतिकार गर्ने बताएको छ।

बिज्ञप्ति

प्रकाशित मिति: १२ जेष्ठ २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com