नवलपरासी — पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ मा एमालेका स्थानीय कार्यकर्ता सुरेश यादवको घरबाट प्रहरीले एक बोरा (७३ पिस) साडी बरामद गरेको छ । बरामद गरिएको साडी नेकपा एमालेको उम्मेदवारले मतदातालाई प्रलोभन को लागी बाँड्न राखेको आरोप कांग्रेसले लगाएको छ ।                                      उम्मेदवारले सुकुम्बासी बस्ती तथा विपन्न परिवारको बाक्लो बस्ती भएको स्थानमा मतदातालाई आकर्षित गर्न जिन्सी सामान बाँड्ने तथा विभिन्न प्रलोभन देखाउने गरेका छन् ।२७ गते रातिबाट मौन अवधि सुरु हुने भएकाले त्यसअघि नै जिन्सी सामानको जोहो गरेर राखेको र एक–एक गरेर बाँड्ने तयारी भएको कांग्रेस कार्यकर्ताको आरोप छ ।तर सुनवल नगरपालिकामा मेयरकी एमाले उम्मेदवार विमला अर्यालले भने यसलाई अस्वीकार गरेकी छन् ।                                      साडी बरामद गरिएको र साडी कुन प्रयोजनका लागि ल्याएको हो भन्नेबारे अनुसन्धान भइरहेको भन्दै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी प्रेमबहादुर शाहीले भने- ‘चुनावको समयमा स्थानीय एक व्यक्तिको घरबाट साडी बरामद भएको छ । चुनावमा बाँड्न ल्याएको हो वा अन्य के प्रयोजन भन्नेबारे बुझ्दैछौँ ।’

प्रकाशित मिति: २७ बैशाख २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com