काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने भएको छ ।
आइतबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१-०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने प्रयोजनका लागि मंगलबार दिनको १ बजे संघीय संसदको संयुक्त बैठक बस्ने जानकारी गराएका छन् ।
त्यसका लागि उनले प्रतिनिधि सभा सदस्यहरूलाई १२ ४५ बजे भन्दा अगाडि नै संसदमा उपस्थित भइसक्न आग्रह गरेका छन् ।
प्रकाशित मिति: १३ जेष्ठ २०८१, आइतबार
प्रतिक्रिया