काठमाडौं । महालेखापरीक्षक कार्यालयले आर्थिक वर्ष २०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई पेस गरेको छ।
महालेखापरीक्षक तोयम रायाले आइतबार राष्ट्रपतिलाई ६१औँ वार्षिक प्रतिवेदन पेस गरेका हुन्। लेखापरीक्षण प्रतिवेदन अनुसार आव ०७९/८० सम्म नेपालको कुल बेरुजु १२ खर्ब पुगेको छ। कार्यालयका अनुसार आव २०७९/८० सम्मको कुल अद्यावधिक बेरुजु ६ खर्ब ६९ अर्ब छ।
यसमा लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्नेसहितको कारबाही गरी टुंगो लगाउनुपर्ने बेरुजु ११ खर्ब ८३ अर्ब पुगेको हो।
प्रकाशित मिति: १३ जेष्ठ २०८१, आइतबार
प्रतिक्रिया