काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्नेलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् ।
आइतबार संसद बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै गृहमन्त्री लामिछानेलाई सूचना बेच्ने मानिसलाई पक्राउ गर्न आग्रह गरेका हुन्।
उनले गृहमन्त्रीले संसदमा उभिएर मुलुकको सूचना बेच्ने व्यक्तिको बारेमा जानकारी रहको अभिव्यक्ति दिइरहेको भन्दै उक्त व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गरे । उनले गृहमन्त्रीले काम गर्न संसद् कुर्नु नपर्ने बताए ।
प्रकाशित मिति: १३ जेष्ठ २०८१, आइतबार
प्रतिक्रिया