धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा नागरिकता जारी गर्ने अधिकारीले हस्ताक्षर आफ्नै भएको पुष्टि गरेका छन्।
तत्कालीन प्रशासकीय अधिकृत काशीराज दाहालले उक्त हस्ताक्षर आफ्नै भएको बयान प्रहरीलाई दिएका छन् । गृह मन्त्रालयको सहसचिवबाट भर्खरै अवकाश पाएका दाहाललाई धनुषा प्रहरीले बोलाएको थियो ।
२०५७ सालमा सिरोहियालाई नागरिकता प्रतिलिपि दिने तत्कालीन प्रशासकीय अधिकृत दाहालसँग धनुषा प्रहरीले शनिबार बयान गराएको हो । प्रहरीलाई बयान कागज गरिदिँदै दाहालले हस्ताक्षर पुष्टि गरिदिएको धनुषा प्रहरीका एक अधिकारीले बताए ।
कान्तिपुरका अध्यक्ष सिरोहियालाई आज धनुषा प्रहरीले अदालत लैजाँदै छ । गत शुक्रबार धनुषा जिल्ला अदालतले अध्यक्ष सिरोहियालाई थप ३ तीन हिरासतमै राख्न प्रहरीलाई अनुमति दिएको थियो ।
प्रकाशित मिति: १४ जेष्ठ २०८१, सोमबार
प्रतिक्रिया