काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अब महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने बताएका छन्।

आज गणतन्त्र दिवसको अवसरमा घोषणा गर्दै गृहमन्त्री लामिछानेले महिनाको ४ दिन महिला ट्राफिक प्रहरीको सट्टा मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुलाई स्वयम् सेवकका रुपमा खटाइने बताए।

गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयासः अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको  साटो सडकमा सघाउनुहुनेछ।’

प्रकाशित मिति: १५ जेष्ठ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com