काठमाडौँ । सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटेको छ ।

कानून मन्त्रालयमा बसेको कार्यदलको बैठकमा टीओआरमा सहमति जुटेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । बैठकमा सहभागी एक सदस्यका अनुसार कार्यदलका सदस्यहरूले ४ बुँदे सहमतिमा हस्ताक्षर गरिसकेका छन् ।

उक्त सहमति भने प्रधानमन्त्रीलाई बुझाएपछि मात्र सार्वजनिक गर्ने तयारी गरिएको छ । हिजो बालुवाटारमा शीर्ष नेताहरूका बैठकमा भएको सहमति अनुसार नै आज कार्यदलले टीओआरलाई अन्तिम रूप दिएको हो ।

कार्यादेशमा काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम राख्नुपर्ने अडान राखेको थियो । तर, अन्तिम समयमा यो अडानबाट ब्याक भएर जोडिएको सहकारी र संस्थाको नाम उल्लेख गरेर समिति बनाउन तयार भएको हो।

प्रकाशित मिति: १५ जेष्ठ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com