काठमाडौं । राष्ट्रिय यथार्थवादी पार्टीबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका आनन्द जोशीले स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह लाई समर्थन गर्ने भन्दै घरदैलो कार्यक्रम रोकेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफुले बालेनलाई समर्थन गर्ने निर्णय अनुसार घरदैलो कार्यक्रम रोकेको बताउँदै उनले भने, ‘आदरणीय साथिहरु। रास्ट्रिय यथार्थबादी पार्टी ले रास्ट्रिय युबा नेता काठमाडौं महानगर बाट स्वतन्त्र मेयर उमेदवार बालेन साह लाई समर्थन गर्ने विषयमा छलफल भइरहेको हुदा आज हुने भनेको विशाल घरदैलो कार्यक्रम स्थगित भयको जानकारी गराउछु। आनन्द राज जोशी (महासचिव -रास्ट्रिय यथार्थबादी पार्टी नेपाल) ।’
प्रकाशित मिति: २७ बैशाख २०७९, मंगलबार
प्रतिक्रिया