काठमाडौं । नागरिकतासम्बन्धी कसुरमा न्यायीक हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप उपचारका लागि ‘एयर लिफ्ट’ गरेर काठमाडौं ल्याउन लागिएको छ । स्वास्थ्यमा थप समस्या आएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो ।
उनलाई काठमाडौं ल्याउन नियमित उडानबाट समस्या हुने देखिएपछि ‘एयर लिफ्ट’ गर्न लागिएको हो । कान्तिपुर मिडियाका कानुन विज्ञ किशोर पौडेलका अनुसार सिरोहियाको छाती अत्यधिक दुखाइपछि जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौं ल्याउन लागिएको हो ।
उनलाई आजै केहीबेरपछि काठमाडौं ल्याइँदैछ । नागरिकता प्रकरणमा कान्तिपुर मिडियाको कार्यकक्षबाटै सिरोहियालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई जनकपुर लगिएको हो ।
प्रकाशित मिति: १५ जेष्ठ २०८१, मंगलबार
प्रतिक्रिया