काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्माओलीले नेपालको उपलब्धिबाट अन्य देशले सिक्नुपर्ने बताएका छन्।
महिला भेलालाई बुधवार काठमाडौँमा सम्बोधन गर्दै उनले छोटो अवधिमा नेपालमा धेरै उपलब्धि भएको बताएका हुन्। व्यवस्था परिवर्तन भए पनि अवस्था उस्तै रहेको भनेर गलत शब्दावली प्रयोग भइरहेकोमा उनले असन्तुष्टि पोखे।
‘अवस्था जहाँको त्यही भएको गलत शब्दावलीको प्रयोग भइरहेको छ । व्यवस्था परिवर्तन भयो अवस्था जहाँको त्यही छ भनेका छन् । भर्खर जन्मेका केटाकेटीले के देख्नु । अवस्था कहाँ थियो, कहाँ आइपुग्यो भनेर । कति सङ्घर्ष र अवस्था पार गरेर यहाँ आइपुगेको छ । कुन बलिदानले यहाँ आइपुगेको छ । त्यो देखेको छैन अवस्था उस्ताउस्तै भनेका छन् । कहाँ उस्ताउस्तै छ ? नेपालको उपलब्धिबाट अन्य देशले सिक्नुपर्छ । प्रजातन्त्रको लामो इतिहास पार गरेकाले पनि उपलब्धि गरेका छैनन् । उनीहरू सङ्घर्षरत छन्’, ओलीले भने ।
प्रकाशित मिति: १६ जेष्ठ २०८१, बुधबार
प्रतिक्रिया