काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले व्यवहार असभ्य देखिएको टिप्पणी गरेका छन् ।

शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । सडक निर्माणका विषयमा मतभेद भएपछि दबाब दिन काठमाडौँ महानगरपालिकाले गत साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि मेयर शाहको निर्देशनमा एक ट्रक धुलो लगेर खन्याएको थियो । उक्त घटनापछि मेयर शाह र एमाले नेता उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको सम्बन्ध चिसिएको छ ।

सोही घटनालाई ओलीले आपत्ति जनाएका हुन् । उनले सामाजिक सञ्जालमा रमाउने युवा पुस्ताले सही गलत निक्र्योल गरेर निर्धक्क भन्न नसकिरहेको पनि जिकिर गरे ।

प्रकाशित मिति: १९ जेष्ठ २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com