काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको काममा अवरोध गर्न नहुने बताएका छन्।
एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले काठमाडाैँको न्युरोडस्थित सडक पेटी बिस्तार गर्न नदिएको आरोप लगाईरहेका बेला कांग्रेस सांसद भण्डारीले मेयर साहलाई काम गर्ने कुरामा निरुत्साहित गर्न नहुने टिप्पणी गरेका हुन्।
सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उनले मेयर शाहमा केही गरौँ भन्ने हुटहुटी रहेकाले काम गर्न दिनुपर्ने बताए।
प्रकाशित मिति: २१ जेष्ठ २०८१, सोमबार
प्रतिक्रिया