भरतपुर महानगरपालिकाका मतदान केन्द्रमा कर्मचारी को रुपमा जान धेरैले अनइच्छा देखाएको पाइएको छ।निर्वाचनमा असहज परिस्थिति आउन सक्ने भन्दै उनीहरूले अनइच्छा देखाएक  हुन् ।                                                 मतदान अधिकृतका रुपमा खटिन लागेका एक कर्मचारीका अनुसार सुरक्षा व्यवस्था कडा हुन्छ ढुक्क हुनुस् भनिएकाले मात्रै आफू काम गर्ने निर्णय गरेको बताए ।अन्य कर्मचारीले पनि भरतपुरको निर्वाचनमा रहरले नखटिएको बताएका छन् । पश्चिम चितवनमा खटिएका एक अधिकृत का अनुसार देशको निर्वाचनमा जो  पायो त्यही खटिएर नहुने र राष्ट्रसेवक कर्मचारी नै खटिनु पर्ने भएकाले मात्रै आफू खटिन तयार भएको बताउँदै सकेसम्म आफुलाई नखट्न पाए पनि आनन्दै हुन्थ्यो भन्ने लागेको बताए । अब भने आफू अघि बढेर काममा लागीसकेकाले पछाडि नहट्ने पनि उनको भनाई थियो ।                                                 अन्य केहि स्थानीय तहका मतदान केन्द्रमा खटिएका कर्मचारीले पनि व्यवस्थापनको पाटोमा असन्तुष्टी रहेको बताएका छन् । ‘सुरक्षाको ग्यारेन्टी गर्छौं त भन्नुभएको छ तर सक्ने भन्दा बढी बोझ अधिकृत माथि थोपरिएको छ,’ कालिका नगरपालिकामा खटिएका एक अधिकृतले भने ।’ तर आफू निर्वाचन गराउन खटिँदै गर्दा जस्तो मनोवलका साथ खट्नुपर्ने हो त्यो भने नभएको उनले बताए ।                                                         उता मूख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेल भने मतदान केन्द्रमा जानै नचाहने अवस्था नदेखिएको बताउँछन्। उनी भन्छन् ‘केही कर्मचारीहरूले स्वास्थ्य, घरायसी अवस्था लगायतका विषय लाई देखाएर अनइच्छा देखाउनुभयो।त्यो स्वभाविकै पनि हो ।’तर त्यस्तो  अवस्था देशभर नै  भएको भन्दै  उनले भरतपुरमा मात्रै यस्तो भयो भन्न नमिल्ने पनि बताए । केही कर्मचारीहरू आफूले किन अवसर पाइएन भनेर आइरहेको पनि उनको भनाई छ। उनले भरतपुरका सबै केन्द्रमा आवश्यक कर्मचारीहरू पुगिसकेको पनि बताए।                                                         उता अघिल्लो निर्वाचनमा मतगणनाकाक्रममा मतपत्र च्यातिएको भन्दै भरतपुरमा यसपालि पनि निर्वाचन निष्पक्ष हुनेमा आशंका भने गरिएको छ ।नेकपा एमालेले अघिल्लो पटक आफ्ना उम्मेदवारलाई हराउन निर्वाचनमा धाँधली भएको भन्दै यसपालि पनि धाँधली हुनसक्ने आशंका गरेको छ ।चितवन प्रशासनले भने निर्वाचन निष्पक्ष र भयरहीत ढंगले सम्पन्न गराउन प्रतिबद्ध रहेको जनाएको छ।

चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले पुर्ण सुरक्षाको प्रत्याभूति गराउने बताएका छन् । उनका अनुसार चुनाव निस्पक्ष हुँदैन कि भन्ने कतिपयको आशंका रहेको तर ती कुरालाई चिरेर निष्पक्ष, भयरहीत र पारदर्शीरुपमा चुनाव सम्पन्न गराउने लक्ष्य आफू प्रत्येकको रहेको पनि बताए । उनले भने -‘ मतदाता, राजनीतिक दललाई संयमित भएर अपराधिक गतिविधिलाई नियन्त्रण, निरुत्साहित गर्न पनि प्रहरीलाई सहयोग गर्न अनुरोध गर्दछु ।’ ।                                   उनले निर्वाचन सुरक्षाका लागि सबै तयारी पुरा भएको पनि बताए। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धनासहितको एकीकृत सुरक्षा रणनीतिअन्तर्गत सबै मतदान स्थलहरूमा सुरक्षाकर्मीहरू खटाउन थालिएको पनि  बताउँदै  मतदान स्थलमा व्यापक रुपमा नेपाली सेना रहने र मोवाइल गस्तीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी रहने तथा केन्द्रीय सुरक्षा नीतिअनुसार सबैको भूमिका निर्धारण गरिएकोले सोही बमोजिम अपुग जनशक्ति बाहिरबाट ल्याएर पनि परिचालन गरिने उनले बताए।भरतपुर महानगरपालिकामा ६५ वटा मतदानस्थल र २ सय २ वटा मतदान केन्द्र तोकिएको छ। यहाँ १ लाख ८५ हजार ७५२ जना मतदाता रहेका छन्।

प्रकाशित मिति: २७ बैशाख २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com