काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार इन्स्पेक्टर विदुर सिवाकोटीलाई नियन्त्रणमा लिइएको हो ।
आफ्नै घरमा काम गर्न राखेको बालिकामाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको छ । तर अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जानकारी गराएको छ ।
बालिकाले दिएको उजुरीपछि उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ । शिवाकोटीलाई हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त रजौरेले बताए ।
प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहिबार
प्रतिक्रिया