काठमाडौँ। मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् ।

रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् । सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गर्दै विद्यार्थीले आगजनी गरेका हुन् ।

गाडीको विवरण खुलिनसकेको प्रहरीले बताएको । प्रहरीका अनुसार विद्यार्थीले अन्य ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेका छन् ।केही दिनअघि विद्यार्थीको एउटा समूहले रंगली नगरपालिकाभित्रै पसेर नगर प्रहरीमाथि आक्रमण गरेको थियो ।

निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका उनीहरूले नगर प्रहरीमाथि आक्रमण गरेका थिए । त्यसपछि प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: २७ जेष्ठ २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com