काठमाडौं । अछामबाट दैलेख आउने क्रममा कर्णाली नदी माथिको झोलुङ्गे पुलको जालीमा अड्किएका खच्चडलाई जाली काटेर कर्णाली नदीमा खसाले उद्दार गरिएको छ।

आइतबार बिहान साढे नौ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिका–९ बाट दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्यूला बजारमा आउने क्रममा झोलुङ्गे पुलको एकातर्फका दुई वटा लठ्ठा चुँडिदा १४ खच्चर जालीमा फसेका थिए।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीका साथै स्थानीयले जालीमा अड्किएका खच्चरलाई जाली काटेर कर्णाली नदीमा खसालेका थिए। स्थानीय डिलबहादुर थापाले १४ मध्ये दुई खच्चरको मृत्यु भएको छ भने बाँकीको उद्दार गरिएको छ। एउटा खच्चडको पुलमै मृत्यु भएको थियो भने एउटा खच्चड कर्णाली नदीमा खसाल्ने क्रममा मृत्यु भएको थियो।

प्रहरीले भने खच्चडको मृत्युका विषयमा जानकारी नआएको बताएको छ।

प्रकाशित मिति: २७ जेष्ठ २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com