काठमाडौं । नेकपा एमाले बाट काठमाडौं महानगरको मेयर उम्मेदवार केशव स्थापितले आफ्नो अभिव्यक्तिले यदि कसैलाई चोट पुगेको भए माफी दिन आग्रह गरेका छन्। मंगलबार आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।                                        आफ्नो अभिव्यक्ति, लेखाइ, हाउभाउ र व्यवहारबाट कसैलाई चोट पुगेको भए माफी चाहेको भन्दै आफू त्यस्तो खाल को व्यक्ती वास्तविकता मा नभएको पनि उनले बताए ।

साथ साथै केही नारी हरु लाई आफू कठोर लागेको तर वास्तव मा आफू त्यस्तो नभएको बताउँदै स्थापित ले भने ‘केही महिलालाई यो मान्छे कठोर छ कि जस्तो लागेको भए म फूल जस्तो मान्छे हुँ, सेवा गर्न पाउँ।’

साथ साथै उनले आफ्नो अभिव्यक्ति हाउभाउ र व्यवहारले यदी कसैलाई चोट पुगेको भए माफी चाहेको भन्दै उनले आफ्नो संस्कार मा माफी माग्न पाइने पनि बताए।

प्रकाशित मिति: २७ बैशाख २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com